माधव नेपालले बिहीबारको कार्यक्रम स्थगित गर्यो
खबर एक्सप्रेस
२०७८-०१-०७ ०६:२२ मा प्रकाशित
Total Shares: 264
काठमाडौं - नेकपा एमालेको असन्तुष्ट पक्षले नेपाल कम्युनिष्ट पार्टीको स्थापना दिवस मनाउने कार्यक्रम स्थगित गरेको छ । माधवकुमार नेपाल तथा झलनाथ खनाल पक्षले बिहीबार गर्न लागेको कार्यक्रम कोरोना संक्रमणको कारण स्थगित गरेको हो ।
देशमा नयाँ भेरियन्ट सहितको कोरोनाभाइरसको संक्रमण बढेको भन्दै नेपाल कम्युनिष्ट पार्टीको ७२ औं स्थापना दिवस मनाउने कार्यक्रम स्थगित गरेको नेकपा एमालेका नेता योगेश भट्टराईद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।
असन्तुष्ट पक्षले बिहीबार काठमाडौंको प्रज्ञा भवन, कमलादीमा विशेष कार्यक्रम गर्ने तयारी गरेको थियो ।
फेसबुक पेज Like गर्नुहोस