काठमाडौं - इटालीयन ब्राण्डको प्रख्यात मोटरसाइकल कम्पनी बेनेलीले ७५२एस मोटरसाइकल खरिदमा आकर्षक छुटको अफर ल्याएको छ ।

बेनेलीले नेपालमा पहिलोपटक नयाँ मोडल ७५२एसको उत्कृष्ट डिजाइनका साथ गत वर्षको चैत्र २५ गते नक्सालस्थित शोरुमबाट उद्घाटन गरेको थियो । यी मोटरसाइकलहरुको बजारमा अत्यन्तै माग रहेको हुँदा चालकहरुले पनि आरामदायीको अनुभूती गरेको पाईन्छ । 

इटालीयन लेगेसी बेनेलीले आफ्नो ११०औं वार्षिकोत्सव मनाई रहेको हुँदा नेपालमा पनि ७५२एसको खरिदमा पहिलो तीन जना ग्राहकलाई १ लाख १० हजार रुपैयाँ बराबरको आकर्षक छुट दिने भएको छ । मोटरसाइकलमा बलियो, नेकड, ग्यारेन्टी, विश्वासका साथ आनन्द लिन सकिने छ । गतिशील, ठोस, तथा व्यवस्थित तवरका साथ आधुनिक डिजाईन भएको बेनेली ७५२एस धेरैको रोजाई बन्ने पक्का छ । यसको बलियो ट्युब, फ्रेम, र स्टिलको प्लेटको आकार दिएको छ । 

चारवटा स्ट्रोकको ७५० सिसि लिक्वेड ट्विन सिलिण्डरको इन्जिन, ७६ एचपीमा ८५०० आरपीएम र ६७ एनएममा ६५०० आएपीएम पावर एण्ड म्याक्सिमम टर्क्वू जडान गरिएको छ । स्थिरता र अटुट विश्वासका साग यसमा अनुभूती गर्न सकिनेछ । प्रत्येक सिलिण्डरमा चारवटा भल्भ भएको र इलेक्ट्रिक फ्यूल इन्जेक्सनसंग डबल थ्रोटल बडी रहेको छ । यसैगरी हाइड्रोलिक ब्रेक, ब्रेम्बो ब्रेकिङ सिस्टम, सेमी फ्लोयटिङ डिस्क, अगाडी चार पिस्टन क्यालिपर तथा पछाडि तिर डबल पिस्टन फ्लोयटिङ क्यालिपर, १७ इन्च आल्मुनियम एल्लो रिम्स्, 120/70-17 / 180/55-17 आकारको टायर र १४.५ लिटर क्षमताको ट्यांकी रहेको छ । 

यो छुटको व्यवस्था बेनेलीको सबै डिलरहरुबाट लिन सकिन्छ । यो मोटरसाइकल सेतो, रातो, कालो तथा हरियो रङहरुमा उपलब्ध गराईनेछ ।