विदेशमन्त्री एस जयशंकर र राष्ट्रपति भण्डारीबीच भेटवार्ता
काठमाडौं - नेपालको भ्रमणमा रहेका भारतीय विदेशमन्त्री एस जयशंकर र राष्ट्रपति विद्यादेवी भण्डारीबीच भेटवार्ता भएको छ ।
नेपाल भारत संयुक्त आयोगको बैठकमा सहभागी हुन बुधबार नेपाल आएका भारतीय विदेशमन्त्री शंकरले हिजो प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर राजनीतिक भेटघाट थालेका थिए।
उनले विहिबार विहान पशुपतिनाथको मन्दिरमा पुगेर पारिजातको फूल रोप्दै पुजअर्जना समेत गरेका थिए । उनी आजै प्रतिपक्षदल कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटघाट गर्ने कार्यक्रम रहेको छ । साथै उनी आज नै स्वदेश फर्कने कार्यक्रम रहेको छ ।
स्मरण रहोस नेपालको संविधान २०७२ संविधानसभाबाट जारी हुनै लाग्दा तत्कालिन भारतीय विदेश सचिव एस जयशंकर प्रधानमन्त्री मोदीको विशेष दूत बन्दै काठमाडौं आएका थिए ।
उनले संविधान जारी गर्न तीन दिन ढिला गर्न तत्कालिन शिर्ष नेतृत्वलाई मोदीको सन्देश सुनाए । उनको सन्देशलाई नेतृत्वले अस्विकार गरे सँगै धम्कीपूर्ण भाषा प्रयोग गर्दै भारत फर्किएको हल्ला नेपाली मिडियामा विशेष स्थान बनाउन सफल भयो ।
संविधानसभाले संविधान जारी गर्ना साथ भारतले नेपालको संविधानलाई केबल नोटिसमा लिएको भन्दै नेपाल माथि अघोषित नाकाबन्दी लगाएको थियो । पछिल्लो समय मोदी सरकारको मन्त्रीमण्डलमा नयाँ जिम्मेवारी पाएका एस जयशंकर पूरानो तीतामिठा घटनालाइ भुल्दै नेपालसँग विशेष सम्बन्ध बनाउन हतारिएको संकेत दिएका छन ।
फेसबुक पेज Like गर्नुहोस