काठमाडौं - सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको सन्देश लिएर नेकपा महासचिव तथा अर्थमन्त्री विष्णु पौडेल कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न खुमलटार पुगेका छन्।

सोमबार बिहान महासचिव पौडेल प्रचण्ड निवास खुमलटार पुगेका हुन् ।

शनिबार बहुमत सचिवालय सदस्यहरुले प्रधानमन्त्री ओलीलाई पार्टीभित्रको समस्या समाधानका लागि बैठक बोलाउन आग्रह गरेका थिए । तर, उनले बैठक नबोलाउने अडान लिएका थिए । प्रधानमन्त्रीको व्यवहारबाट रुष्ट बनेका प्रचण्डलाई फकाउन प्रधानमन्त्रीले महासचिवलाई पठाएको स्रोतको दाबी छ ।

सचिवालय सदस्यहरुबाटै दबाबमा परेका प्रधानमन्त्री ओलीले आइतबार वरिष्ठ नेता माधवकुमार नेपाल, भीम रावल, सुरेन्द्र पाण्डे र रघुजी पन्तलाई बोलाएर मिलेर अघि बढ्न आग्रह गरेका थिए ।