काठमाडौं - नेकपा प्रचण्ड-नेपाल पक्षले आज पनि माइतीघर मण्डलामा धर्ना दिँदैछ ।

संसद विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक कदमको विरुद्धमा प्रचण्ड–नेपाल पक्षले आज दिउँसो मण्डलामा धर्ना दिन लागेको हो । आजको धर्ना कार्यक्रममा सो पक्षका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल लगायतका शिर्ष नेता सहभागी हुने बताइएको छ ।

विभिन्न चरणमा आन्दोलन गर्दे आएको प्रचण्ड–नेपाल पक्षले बुधबारदेखि मण्डलामा प्रत्येक दिन दुई घण्टा धर्ना दिँदै आएको छ । यो धर्ना माघ २१ गतेसम्म जारी राखिनेछ । सो पक्षले तेस्रो चरणको आन्दोलनअन्तर्गत माघ २८ गते काठमाडौंमा अहिलेसम्मकै बृहत् विरोध सभा गर्दैछ ।