चुनाव नलड्ने अग्नि सापकोटाको घोषणा
खबर एक्सप्रेस
२०७९-०६-२२ ०२:३९ मा प्रकाशित
Total Shares: 196
काठमाडौं - सभामुख अग्निप्रसाद सापकोटाले आसन्न निर्वाचनमा उम्मेदवार नबन्ने घोषणा गरेका छन् ।एक वक्तव्य जारी गर्दै सभामुख सापकोटाले मंसिर ४ को निर्वाचनमा उम्मेदवार नबन्ने घोषणा गरेका हुन् ।
उनले आगामी दिनमा संसदीय भूमिकामा नरहे पनि देश, जनता र अग्रगमनको पक्षमा निरन्तर क्रियाशील रहेको प्रतिबद्धता पनि जनाएका छन् ।
२०६४, २०७० मा पहिलाे र दोस्रो संविधानसभा निर्वाचनमा सिन्धुपाल्चोक २ बाट सापकोटा निर्वाचित भएका थिए । यो पटक पनि उनी आकांक्षी थिए ।


.gif)



फेसबुक पेज Like गर्नुहोस