काठमाडौं-रसुवामा आएको भीषण बाढीपछि बोर्डर आउट पोस्ट (बीओपी)मा कार्यरत ९ जना सशस्त्र प्रहरी सम्पर्कविहीन भएका छन्।

सशस्त्र प्रहरीका सहप्रवक्ता एवं डीएसपी शैलेन्द्र थापाका अनुसार उनीहरूसँग सम्पर्क गर्ने निरन्तर प्रयास भइरहेको भए पनि हालसम्म सम्पर्क हुन सकेको छैन।