काठमाडौं-  रसुवाको टिमुरे भन्सार क्षेत्रमा ठूलो बाढी आएको छ। बाढी पुर्वानुमान महाशाखाले भोटेकोसी नदी रसुवामा तिब्बततर्फबाट ठूलो बाढी प्रवेश गरेको जनाएको छ।

महाशाखाले अर्को सूचना नआउँदासम्म त्रिशुली नदीको तटीय क्षेत्र (मुग्लिनसम्म) उच्च सतर्कतासहित सुरक्षित स्थानमा रहन अनुरोध गरेको छ। 

यसैगरी बाढी जिल्ला प्रशासन कार्यालय रसुवाका अनुसार भोटेकोशी नदीमा बाढी/पानीको बहाब उच्च रहेकोले रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवन जिल्ला भै बग्ने नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरेको छ। भीषण बाढीका कारण रसुवाका स्याफ्रुबेँसी, टिमुरे लगायतका क्षेत्रमा गम्भीर क्षति पुगेको बताएका छन्।