काठमाडौं - नेपाल प्रिमियर लिग (एनपीएल) मा पोखरा एभेन्जर्सले सुदूरपश्चिम रोयल्सलाई जितका लागि १४६ रनको लक्ष्य दिएको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको पोखराले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १४५ रन बनाएको हो।
पोखराका लागि अर्जुन घर्तीले सर्वाधिक ४० रनको योगदान दिए। उनले २५ बलमा अविजित ४० रन बनाउँदै टोलीलाई सम्मानजनक स्कोरसम्म पुर्याए। अर्का ओपनर मेहदी हसनले २१ बलमा ३२ रन बनाए।
कप्तान कुशल भुर्तेलले १७ बलमा २१ रन जोड्दा बंगलादेशी क्रिकेटर शकिब अल हसनले १४ रन बनाए। धनञ्जय लक्षणाले ११, सदीरा समरविक्रमाले ८ र बिपिन खत्रीले अविजित ५ रन बनाए। ओपनर दिनेश खरेल ४ र किरण ठगुन्न १ रनमा आउट भए। पोखराले अतिरिक्तबाट ९ रन पायो।
सुदूरपश्चिमका बलरमध्ये अनिल खरेल सर्वाधिक सफल रहे। उनले ३ ओभरमा २३ रन खर्चेर ३ विकेट लिए। हेमन्त धामी र कप्तान दीपेन्द्रसिंह ऐरीले समान १ विकेट लिए।
सुदूरपश्चिमका स्कट कुग्लेइन भने महँगो साबित भए। उनले ४ ओभरमा ४९ रन खर्चेर १ विकेट मात्रै लिए। अविनाश बोहरा, ईशान पाण्डे र सैफ जैबले विकेट लिन सकेनन्।
पोखराले दिएको १४६ रनको लक्ष्य पछ्याउन सुदूरपश्चिमले अब जवाफी ब्याटिङ गर्नेछ।

.gif)


