काठमाडौं - नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले देशभर लकडाउनको अन्त्य भएपनि कोरोना संक्रमणको खतरा अन्त्य नभएको बताएका छन् । उनले स्वास्थ्य प्रोटोकलहरुको पालनासहित आवश्यक सावधानीमा उचित ध्यान दिन आग्रह पनि गरेका छन् ।

'आजबाट लकडाउन अन्त्य गरिएको छ। तर कोभिड-१९ संक्रमणको खतरा अन्त्य भयो भनिएको होइन' सामाजिक सञ्जाल ट्विटरमा श्रेष्ठले लेखेका छन्, 'त्यसैले यस सम्बन्धी स्वास्थ्य प्रोटोकलहरुको पालनासहित आवश्यक सावधानीमा उचित ध्यान दिऔं ।'

सरकारले १२० दिन लामो देशव्यापी लकडाउन बुधबारबाट अन्त्य गरेको छ । यो निर्णय सोमबार बसेको मन्त्रीपरिषद् बैठकले गरेको थियो ।