अछाम घटनाको छानबिन गरी दोषीलाई कारबाही गर्न सभामुखको रुलिङ
काठमाडौं - सभामुख अग्निप्रसाद सापकोटाले अछाम घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कडा कारबाही गर्न सरकारलाई रुलिङ गरेका छन्।
बुधबारको प्रतिनिधिसभा बैठकमा सभामुख सापकोटाले सो घटनाबाट आफ्नो गम्भीर ध्यानाकर्षण भएको भन्दै दोषीलाई कारबाही गर्न सरकारको ध्यानाकर्षण गराए। अछामको पञ्चदेवल नगरपालिकाका किशोर विनोद शाहीको मृत्यु भएको घटनाले राजनीतिक रूपमा लिँदै संसदमा पुगेपछि सभामुखले नै सरकारलाई निर्देशन दिएका हुन्।
बैठकको विशेष समयमा एमाले सांसद सांसद यज्ञबहादुर बोगटीले शाहीको मृत्युको घटनामा प्रहरीले जाहेरीसमेत लिन नमानेको भन्दै सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराएका थिए।
सभामुख सापकोटा त्यसलगत्तै सरकारलाई निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्न सरकारलाई निर्देशन दिएका हुन्।
गत वैशाख ३० गते स्थानीय तहको निर्वाचनका क्रममा पञ्चदेवल विनायक नगरपालिकामा कांग्रेस र एमालेका कार्यकर्ताबीच विवाद भएको थियो। स्थानीय प्रशासनका अनुसार विवादका क्रममा कांग्रेस कार्यकर्ताले एमाले कार्यकर्तामाथि कुटपिट गरेपछि करीब तीन घण्टा मतदान रोकिएको थियो। त्यही विवादलाइ लिएर पछि एमाले कार्यकर्ताले कांग्रेस कार्यकर्तामाथि कुटपिट गरेका थिए। कुटपिटपछि दिएको जाहेरीका आधारमा १७ जेठमा प्रहरीले पक्राउ गर्न खोज्दा एमाले कार्यकर्ताले अवरोध गरेपछि दोहोरो झडप भएको थियो। सोही क्रममा बेपत्ता भएका शाही मृत भेटिएका थिए।

.gif)



फेसबुक पेज Like गर्नुहोस