काठमाडौं - नेपाली कांग्रेसले १५औँ महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रीय कार्यसमितिको विवरण अद्यावधिक गर्न निर्वाचन आयोग जाने तयारी गरेको छ ।
आवश्यक कागजात तयार भइरहेको र सम्भव भएसम्म शुक्रबार नै आयोगमा निवेदन दिने कांग्रेसले जनाएको छ ।
कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद पौडेलले अद्यावधिकका लागि आवश्यक कागजात तयार पार्ने काम भइरहेको जानकारी दिए । सम्भव भएसम्म आजै निर्वाचन आयोग पुगेर निवेदन दिइने उनले बताए ।
महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूको शपथग्रहणपछि बिहीबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको पहिलो केन्द्रीय कार्यसमिति बैठकले नयाँ कार्यसमितिको विवरण अद्यावधिक गर्ने जिम्मेवारी कार्यवाहक मुख्यसचिवलाई दिएको थियो ।

.gif)


