काठमाडौं - काठमाडौं महानगरपालिकाको ज्यादतीविरुद्ध कवाड व्यवसायीले आज बिहीबार तेस्रो दिन पनि आन्दोलन जारी राखेका छन् । झरी रुझ्दै महानगरको कार्यालय पुगेका उनीहरुले महानगर प्रमुख बालेन साहविरुद्ध नाराबाजी गरेका हुन् ।

भृकुटीमण्डपबाट सुरु भएको कवाड व्यवसायीको र्याली कमलादीस्थित काठमाडौं महानगरपालिका पुगेको थियो ।प्रदर्शनमा सहभागी धेरैले राष्ट्रिय झण्डा बोकेका छन् ।

सर्वोच्च अदालतको आदेश विपरित काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाहले कवाड व्यवसायीमाथि ज्यादती गरिरहेको भन्दै उनीहरु आन्दोलनमा उत्रिएका हुन् । सर्वोच्चको आदेश पालना गर्नुपर्ने र कवाड व्यवसायीलाई शान्तिपूर्ण वातावरणमा व्यवसाय गर्न दिनुपर्ने उनीहरुको माग छ ।