काठमाडौं - कुमारी बैंक लिमिटेड र लमही, दाङ स्थित होटेल ए–१ लभली स्टारबीच बैंकका ग्राहकलाई होटेलबाट प्रदान गरिने सेवाहरुमा विशेष छुट प्रदान गर्ने समझदारी भएको छ । 

डिजिटल कारोबारमा ग्राहकहरू आकर्षित भईरहेको कुरालाई मध्यनजर गर्दै डिजिटल कारोबारमा ग्राहकहरूलाई प्रोत्साहन गर्नका निमित्त कुमारी बैंकले होटेलको विभिन्न सेवाहरुमा आकर्षक छुटको प्रावधान गरेको हो । 

बैंकका डेबिट/क्रेडिट कार्डवाहकहरुले उक्त होटेलको लजिङ्ग शुल्कमा १५% र फुडिङ्ग शुल्कमा १०% सम्मको छुट प्राप्त गर्न सक्नेछन् ।

कुमारी बैंकले देशव्यापी १९७ शाखा, १९१ एटिएम, ४८ शाखारहित बैंकिङ्ग ईकाई तथा २४ एक्सटेन्सन काउन्टरबाट अत्याधुनिक बैंकिङ्ग सुविधाहरु दिँदै आएकोे र  आगामी दिनहरुमा अझ सुरक्षित, सरल, सुलभ तथा उत्कृष्ट सेवा प्रदान गर्न डिजिटल पूर्वाधार प्रविधि र क्षमतालाई सुदृढ पार्दै लैजाने प्रतिबद्धता जनाएको छ । 

कुमारी बैंक र होटेल ए–१ लभली स्टार बीच सम्झौता