अमेरिकी सहायक विदेशमन्त्री आज नेपाल आउँदै
खबर एक्सप्रेस
२०७८-०८-०१ ०९:४४ मा प्रकाशित
Total Shares: 227
काठमाडौं - अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लू आज नेपाल भ्रमणमा आउँदैछन्। दक्षिण तथा मध्य–एसियाली मामिला हेर्ने लू आज नेपाल आउन लागेका हुन्।
माल्दिभ्सको राजधानी मालेमा केही कूटनीतिक भेटघाटपछि सहायक विदेशमन्त्री लू काठमाडौँ आउन लागेका हुन्। उनी अपरान्हतिर काठमाडौँ अवतरण गर्ने बताइएको छ।
गत जनवरीमा अमेरिकी राष्ट्रपति जो बाइडेनले ह्वाइट हाउसको कार्यभार सम्हालेयता पहिलोपटक उच्चस्तरीय अमेरिकी अधिकारी काठमाडौँ आउन लागेका हुन्। भ्रमणमा लूले प्रधानमन्त्री शेरबहादुर देउवा, सत्तारुढ दलका शीर्ष नेताहरुलाई भेट्ने कार्यक्रम रहेको अमेरिकी विदेश मन्त्रालयले जनाएको छ।
फेसबुक पेज Like गर्नुहोस