काठमाडौं-रास्वपाकी पूर्वसहमहामन्त्री एवम् निवर्तमान सांसद सुमना श्रेष्ठले पार्टी परित्याग गरेकी छन् ।

रास्वपा छोडेको जानकारी दिँदै उनले यस्तो भनेकी छन्- ‘ गल्तिमाथि गल्ति गरिरहने र त्यसको बोझ पार्टीका सबैले बोकिदिनु पर्ने । पार्टीभित्र आलोचना गर्नेहरूका विरूद्धमा मिडिया ट्रायल गर्ने । जहिलेदेखि राष्ट्रिय स्वतन्त्र पार्टीले देश भन्दा माथि पार्टी र पार्टीभन्दा माथि नेतालाई राख्न थालेको हो, त्यति बेला देखि नै आलोचना गर्दै आएको हुँ । तर त्यसले कत्ति पनि फरक पारेन । अझ उल्टै मीडिया ट्रयाल हुन थाल्यो । यो स्विकार्य छैन ।

अब खुल्लारूपमा आक्रमण गर्ने हो भने पनि सजिलो बनाइदिएको छु । मनलाग्दी चलुन्जेल मनलाग्दी गर्नु होला । QUIT मैले पार्टी छोडेँ ।

कांग्रेस एमाले लगायतका पार्टीका तेस्रो पुस्ताका नेताहरू पनि यो सोच्नुहोस् । आजको दिनको परिस्थिति आउन तपाईहरूको भन्दा बढि तपाईहरूको नेतृत्वको बहेराले हो । त्यो किन बोकेर बस्नु हुन्छ रु अहिले सहि समय आएको छ । आफ्ना नेताहरूलाई पुजा गर्न बन्द गर्नुहोस् । कि हटाउनुहोस्, कि हट्नुहोस् ।’

पार्टीभित्र आलोचना गर्नेविरुद्ध मिडिया ट्रायल गरेर दुस्ख दिने र सबैभन्दा माथि नेतालाई राख्ने गरिएको उनको भनाइ छ ।

सुमना यसअघि रास्वपाको सह(महामन्त्रीबाट राजीनामा दिएकी थिइन् । समानुपातिकबाट सांसद बनेकी उनी पुर्वशिक्षामन्त्री पनि भएकी थिइन्।