तेस्रो मुलुकका सामान क्वारेन्टाइनमा
काठमाडौं - कोरोना महामारीका कारण रुपन्देहीको बेलहिया नाकाबाट तेस्रो मुलुकका सामान आयात रोकिएको छ ।
सामान आयात रोकिँदा भैरहवा भन्सार कार्यालयको राजस्व सङ्कलनमा गिरावट आएको छ भने उद्योगी व्यवसायी चिन्तित बनेका छन् । चीनमा कोरोनाको सङ्क्रमण कम हुँदै गएपछि केही दिनदेखि सामान आयात हुँदै आएकोमा पछिल्लो समय भारतले तेस्रो मुलुकका सामान आयातमा कडाइ गरेकाले आयात निर्यात रोकिएको उद्योगी व्यवसायीले बताएका छन् ।
मान्छेबाट मात्र नभई सामानबाट पनि कोरोना सर्ने भएकाले भारतले नै तेस्रो मुलुकबाट आयात हुने सामानलाई कडाइ गर्दा नेपालमा पनि त्यसको असर परेको सिद्धार्थ उद्योग वाणिज्य सङ्घका अध्यक्ष कुलप्रसाद न्यौपानेले बताए। 'चीनलगायत कतिपय मुलुकबाट आउने सामानलाई भारतले सेल्फ क्वारेन्टाइनमा राखेको सुनिएको छ, यसको असर मुलुकको उद्योग व्यवसायमा पनि पर्छु, उनले भने।
पछिल्लो समय भारतले नाकाबन्दी लगाएपछि बढेको चीनतर्फको व्यापारमा कोरोनाका कारण ह्रास आएको उद्योग व्यापार सङ्गठन रुपन्देहीका अध्यक्ष नारायणप्रसाद भण्डारीले बताए। तेस्रो मुलुकका सामान रोकिँदा नेपाली अर्थतन्त्रमा यसको प्रत्यक्ष असर गर्ने उनले बताए। 'तयारी सामान नआउँदा खासै फरक पर्दैन तर यहाँ उत्पादन नभएका सामान रोकिँदा बजारमा अभाव सिर्जना हुन्छु,उनले भने।
यता, भैरहवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत कमलकुमार भट्टराईले तीन–चार दिनयता तेस्रो मुलुकका सामान आयात नभएको बताए। ुकुल सामान आयातको छ प्रतिशत तेस्रो मुलुकबाट आयात हुने गरेको थियो, तीन–चार दिनयता सामान आएको छैनु, उनले भने। उनले कोरोनाका कारण चीनमा उद्योगधन्दा बन्द गरिएकाले उत्पादन नभएका कारण सामान आयात हुन नसकेको बताए।

.gif)



फेसबुक पेज Like गर्नुहोस