माओवादी केन्द्रको राष्ट्रिय सम्मेलन पुसमा गर्ने प्रस्ताव
काठमाडौं - नेकपा माओवादी केन्द्रले पुसमा राष्ट्रिय सम्मेलन गर्ने प्रस्ताव पेश गरेको छ ।
काठमाडौंमा जारी केन्द्रीय समितिको पूर्ण बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पुस ११ देखि १३ गतेसम्म राष्ट्रिय सम्मेलन गर्ने प्रस्ताव गरेका हुन् ।
प्रचण्डले पेश गरेको राजनीति तथा सांगठानिक प्रस्तावमा राष्ट्रिय सम्मेलनको सो मिति प्रस्ताव गरिएको एक केन्द्रीय सदस्यले जानकारी दिए ।
यस्तै मंसिर १५ गते प्रदेश सम्मेलन गर्ने प्रचण्डको प्रस्ताव रहेको छ । यसबारे छलफल गर्न केन्द्रीय सदस्यहरुलाई ८ वटा समूहमा बाँडिएको छ । समूहगत रुपमा भोलि विहानसम्म छलफल हुने र निष्कर्षहरु बैठकमा पेश गर्ने प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
शनिवार पहिलो दिनको बैठक प्रचण्डको प्रतिवेदनमाथि छलफल गर्ने समूह बनाएर टुंगिएको छ । बैठक भोलि बिहान ११ बजे पनि बस्नेछ।
फेसबुक पेज Like गर्नुहोस