काठमाडौं - बालुवाटार जग्गा प्रकरणमा मुछिएका नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारलाई बिषेश अदालतले अदालतमा उपस्थित हुन १५ दिने म्याद जारी गरेको छ ।

गच्छदारलाई ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा अदालतले म्याद जारी गरेको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गच्छदारविरुद्ध नौ करोड ६५ लाख ७६ हजार रुपैयाँ बिगो र आठदेखि दश वर्ष कैद सजायँ माग दाबी गरेर विशेष अदालतमा आरोप पत्र दायर गरेको थियो ।

ललिता निवास प्रकरणमा प्रतिवादी बनाइएका पूर्वमन्त्रीद्वय डम्बर श्रेष्ठ, छविराज पन्त, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त दीप बस्न्यातविरुद्ध पनि १५ दिने म्याद जारी गरेको छ ।