काठमाडौं - काठमाडौंको गौशाला एक व्यक्तिमाथि चक्कु प्रहार भएको छ ।

कालिमाटी डोल भन्ने ठाउँमा पिके डाइग्नोसिस सेन्टर सन्चालन गर्दै आएका साजन हुसेनको भाई साविर हुसेनमाथि चक्कु प्रहार भएकाे प्रहरी वृत्त गौशालाका डिएसपी केशव थेबेले जानकारी दिए ।

हुसेनकाे खुट्टामा चोट लागेको छ भने आक्रमणकारी फरार भएका छन् । घटनास्थलमा पेस्तोल समेत फेला परेको छ ।  घटनाबारे प्रहरीले थप अनुसन्धान जारी राखेको छ ।