'निर्णय फिर्ता हुन्न, नेपाल र रावलले दिएको स्पष्टीकरण कारबाहीयोग्य छ’
काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्ला दिनहरुमा बसेको बैठकले गरेकाे निर्णय फिर्ता नलिने बताएका छन् ।
शुक्रबार बालुवाटारमा जारी संसदीय दलको बैठममा ओलीले गत फागुन २८ गते बसेको केन्द्रीय कमिटी बैठकको निर्णय र चैत ५ र ७ गतेको संसदीय दलको बैठकमा निर्णयहरु फिर्ता नलिने बताएका हुन् ।
‘विधान सम्वत ढंगले निर्णय गरेकाले निर्णय फिर्ता हुँदैन’ओलीको भनाई उदृत गर्दै एक नेताले भने ।
यसअघि वरिष्ठ नेता झलनाथ खनालले एकलौटी निर्णय फिर्ता लिएर २०७५ जेठ २ गते अघिको अवस्थामा फर्किनन आग्रह गरेका थिए । उनले ओलीलाई पार्टी एकता जोगाउन ओलीलाई आग्रह पनि गरेका थिए ।
यस्तै, ओलीले पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष भीम रावलले दिएको स्पष्टीकरण कारबाहीयोग्य भएको बताएका छन्। ‘पार्टीको विधानअनुसार उहाँहरुले दिनु भएको स्पष्टीकरण कारबाहीयोग्य छ,’ ओलीले भने ।
पार्टी महासचिव ईश्वर पोखरेलले वरिष्ठ नेता नेपाल, उपाध्यक्ष भिम रावल, उपमहासचिव घनश्याम भुसाल र स्थायी समिति सदस्य सुरेन्द्र पाण्डेसँग स्पष्टीकरण सोधेको थियो। भुसाल र पाण्डेले स्पष्टीकरण अहिलेसम्म दिएका छैनन् ।
फेसबुक पेज Like गर्नुहोस