काठमाडौं - विजय लघुवित्तको साधारणसभा सम्पन्न भएको छ । सभाले २१.०९ प्रतिशत लाभांश पारित भएको छ । लघुवित्तको ९ औं वार्षिक साधारण सभाले उक्त लाभांश पारित गरेको हो ।

सभाले लघवित्तको सञ्चालक समितिले प्रस्ताव गरे अनुसार शेयरधनीहरुलाई हाल कायम भएको चुक्ता पूँजीको २०.०३ प्रतिशत बोनस शेयर तथा १।०६ प्रतिशत नगद लाभांश प्रदान गर्ने प्रस्ताव पारित गरेको हो ।

संस्थाका अध्यक्ष कपिल न्यौपानेको अध्यक्षतामा सम्पन्न उक्त सभाले वित्तीय संस्थाको आ.व. २०७७/०७८ को संचालक समितिको प्रतिवेदन, २०७८ असाढ मसान्तको वासलात तथा सोहि मितिमा समाप्त आ।व. २०७७/०७८ को नाफा नोक्सान हिसाब , सोहि अवधिको नगद प्रवाह विवरण लगायत वित्तीय विवरणहरु पारित गरिएको छ ।