काठमाडौं - काठमाडौं महानगरपालिकाका कुकुर पाल्न सौखिन कुकुरधनीले अब आफ्नो  कुकुर वडा कार्यालयमा अनिवार्य दर्ता गराउनुपर्ने छ ।

घर  पालुवा  कुकुरको  उचित संरक्षण  नगरिएको,  बटुवा  वा छरछिमेकमा हैरानी गराएको र  सार्वजनिक स्थलमा  मलमूत्र त्याग गराएर फोहोर गरेपछि दर्ता अभियान  सुरु  गर्न  लागेको  हो । महानगरले सचेतना  अभियान चलाउँदा पनि नभएपछि अब दोस्रो  चरणमा  कुकुर  धनीलाई कारबाहीसमेत गर्ने भएको छ ।

काठमाडौं महानगरपालिकाले घरपालुवा  कुकुरलाई  सार्वजनिक स्थलमा शौच गराउने कुकुरधनी उपर निगरानी बढाएको छ । ओमबहाल, मैजुबहाल, जयबागेश्वरी, सिफल, कालोपुल लगायतका क्षेत्रका बाटोमा कुकुरलाई शौच गराइरहेका कुकुरधनीलाई  नियन्त्रणमा  लिएर यसो   नगरिदिन   अनुरोध   गर्दै आएको छ ।

गोरखापत्र दैनिकबाट