बर्मन बुढाको निधनले दु:खी छु : प्रधानमन्त्री ओली
खबर एक्सप्रेस
२०७७-०४-०७ १२:५८ मा प्रकाशित
Total Shares: 687
काठमाडौं - नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पुराना वामपन्थी नेता बर्मन बुढा मगरको निधनले आफु दुखी भएको बताएका छन् ।
बुधबार बिहान सामाजिक सञ्जाल ट्विटरमार्फत् ओलीले बुढाप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकाकूल परिवारजनमा गहिरो समवेदना व्यक्त गरेका छन् ।
'पंचायती व्यवस्थाको अन्त्यपछि हामी प्रतिनिधिसभामा सँगसँगै थियौं । उहाँ आफ्नो मौलिक परिचय र भेषसहित संसदमा आइपुग्नु भएको म विशेष स्मरण गर्दछु ।' उनले ट्विटरमा लेखेका छन् ।
बुढाको पाटन अस्पताल, ललितपुरमा उपचारका क्रममा बुधबार बिहान ९० वर्षको उमेरमा निधन भएको थियो ।

.gif)



फेसबुक पेज Like गर्नुहोस