सुन चाँदीको मूल्य बढ्यो
खबर एक्सप्रेस
२०७६-०९-०७ ११:०० मा प्रकाशित
Total Shares: 558
काठमाडौं - सोमबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन तोलामा ७१ हजार ९०० मा कारोबार भएको छ ।
आइतबार सुनको मूल्य तोलामा ७१ हजार ६०० मा कारोबार भएको छ । अघिल्लो दिनको तुलनामा सुनको मूल्य रु ३०० ले बढेको हो । यस्तै तेजावी सुन तोलामा ७१ हजार ६०० मा कारोबार भएको छ ।
यस्तै चाँदी तोलामा ८६० मा कारोबार भएको महासंघले जनाएको छ । यसअघि आइतबार चाँदी तोलामा ८५५ मा कारोबार भएको थियो ।
फेसबुक पेज Like गर्नुहोस