काठमाडौं - नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत विराटनगर किंग्स र लुम्बिनी लायन्सबीच खेल भइरहेको छ ।
कीर्तिपुरस्थित टियु मैदानमा जारी खेलमा विराटनगरले लुम्बिनीलाई जितका लागि १६७ रनको लक्ष्य दिएको छ ।
टस हारेर ब्याटिङ थालेको विराटनगरले २० ओभरमा ४ विकेटको क्षतिमा १६६ रन जोड्यो ।
चरिथ असलंकाले अर्धशतकीय पारी खेले । उनले ४३ बलमा ६ छक्का र १ चौकाको मद्दतमा ६४ रनको योगदान दिए । शुभम रन्जानेले अविजित ३१ रन बनाए । इमरान शेखले २४ रन जोडे । शेख रिटायर्ड हर्ट भएर मैदानबाट बाहिरिए । लोकेश बमले १५ रन जोडे ।
बलिङतर्फ लुम्बिनीका किशोर महतोले दुई तथा अभिशेष गौतम र रुवेन ट्रम्पलमानले एक–एक विकेट लिए ।
प्लेअफ दौडमा रहनका लागि विराटनगरलाई यो खेल जित्नैपर्ने दबाब छ । लुम्बिनीले भने प्लेअफमा स्थान बनाइसकेको छ ।

.gif)


