काठमाडौं-महालक्ष्मी विकास बैंकले नेपाल धितोपत्र बोर्डबाट एक अर्ब रुपैयाँ बराबरको ऋणपत्र बिक्री गर्न अनुमति पाएको छ ।

बैंकले ४ लाख इकाई सर्वसाधारणका लागि र ६ लाख इकाई बैंक आफ्नै पहलमा गरि कुल प्रतिइकाई १ हजार रुपैयाँका दरले १० लाख इकाई ऋणपत्र बिक्री गर्न लागेको हो । यसमा बिक्री प्रबन्धकको काम एनआइसी एसिया क्यपिटलले गर्नेछ ।

यस ऋणपत्रमा वार्षिक ११ प्रतिशत ब्याजदर पाइनेछ । बैंकले १० वर्ष अवधिको ‘महालक्ष्मी डिबेन्चर २०८९’ नाममा ऋणपत्र जारी गर्न लागेको हो ।