भारतबाट तत्काल नेपालीको उद्धार गर्नु जोखिमपूर्ण : प्रधानमन्त्री ओली
काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले भारततर्फका सबै सिमानाकामा कडाई गर्न निर्देशन दिएका छन् । भारतमा बढ्दै गएको कोरोना भाइरसको संकमण र नेपाली स्वेदश फर्किनेको लर्को लाग्न थालेपछि ओलीले यस्तो निर्देशन दिएका हुन् ।
आइतबार बसेको मन्त्रीपरिषद् बैठकमा भारतमा रहेका नेपालीका बारेमा भएको छलफलमा प्रधानमन्त्री ओलीले उनीहरुलाई उद्धार गर्दा कोरोनाको उच्च जोखिम हुने बताए । 'भारतबाट नेपाली ल्याउनु अति जोखिमपूर्ण कार्य हो' प्रधानमन्त्री ओलीले भने, 'नेपाल प्रवेशमा कडाई गरौँ, कोरोना नभित्र्याऊँ ।'
एक मन्त्रीले बैठकमा भारतको चण्डीगढमा मात्रै ११ सय नेपाली अलपत्र परेका छन् र उनीहरु नेपाल आउन चाहन्छन् भन्ने बताएका थिए । प्रधानमन्त्रीले त्यसको जवाफमा भने, '११ सय मान्छे ल्याउने निर्णय गर्दा २ हजार आउन सक्छन्, त्यो जोखिमपूर्ण छ ।' उनले भारतमा रहेका नेपालीहरुको समस्या नेपाली दुतावासलाई जिम्मा दिन निर्देशन दिँदै तत्काल उद्धार नगरिने स्पष्ट पारेको स्रोतले बताएको छ ।
कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै सरकारले चैत ११ गते देशव्यापी लकडाउन जारी राखेको छ । पछिल्लो समय थपिएको लकडाउनको अवधि वैशाख २५ गते सकिँदैछ ।
यस्तै, हिजो बसेको पार्टी सचिवालयमा नेताहरु एकताबद्ध भएको भन्दै प्रधानमन्त्री ओलीले खुसीसाथ काममा जुट्न मन्त्रीहरुलाई निर्देशन दिएको पनि स्रोतले बताएको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस