काठमाडौं - मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशभर स्थानिय वायुको साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ । हाल देशका पूर्वी तराई भू-भागका साथै मध्य भू-भागमा आंशिक बदली रहने जनाइएको छ ।

महाशाखाका अनुसार दिउँसो देशको पूर्वी तथा मध्य पहाडी भू-भागमा आँशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहनेछ। पूर्वी तथा मध्य पहाडी भू-भागका एक-दुई स्थानमा अपरान्ह पछि मेघगर्जन र चट्याङ र हावाहुरी सहित क्षणिक वर्षाको सम्भावना रहेको छ।

यस्तै, राती भने देशका पहाडी भू-भागमा आँशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ। पश्चिमी पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङ र हावाहुरी सहित क्षणिक वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।