काठमाडौं - नेपालको चालू आर्थिक वर्षको आर्थिक वृद्धिदर २.७ प्रतिशत हुने विश्व बैंकले ताजा प्रक्षेपण गरेको छ।
विश्व बैंकले बुधबार दक्षिण एसियाली देशहरुको कुल गार्हस्थ उत्पादनबारे अध्ययन गर्दै उक्त प्रक्षेपण सार्वजनिक गरेको हो । साथै, सन् २०२३ मा नेपालको आर्थिक वृद्धिदर ५.१ प्रतिशत हुने बैंकले जनाएको छ ।
आर्थिक वर्ष २०७६/७७ मा नेपालको आर्थिक वृद्धिदर माइनस १.९९ प्रतिशत कायम भएको थियो ।
बैंकका अनुसार दक्षिण एसियाको अर्थतन्त्र २०२१ मा ७.२ प्रतिशत र सन् २०२२ मा ४.४ प्रतिशतले वृद्धि हुने प्रक्षेपण गरिएको छ ।


.gif)


