लगातार दोस्रो दिन संक्रमित भन्दा निको हुनेको संख्या बढी
खबर एक्सप्रेस
२०७८-०२-१३ ०४:३९ मा प्रकाशित
Total Shares: 372
काठमाडौं - पछिल्लो २४ घण्टामा नेपालमा ७ हजार २२६ जना कोरोना संक्रमण मुक्त भएका छन् ।
नेपालमा लगातार दोस्रो दिन संक्रमित भन्दा निको हुनेको संख्या बढी भएको हो । बुधबार पनि नयाँ संक्रमितभन्दा निको हुनेको संख्या बढी रहेको थियो । ६७१४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि हुँदा ६७१६ जना निको भएका थिए ।
यस्तै, आज ६९३९ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । साथै, आज कोभिड–१९ बाट थप १०६ जनाले ज्यान गुमाएका छन् ।

.gif)



फेसबुक पेज Like गर्नुहोस