काठमाडौं - काेराेना संक्रमण भएर सेती प्रादेशिक अस्पतालमा उपचारार्थ भर्ना भएका २१ वर्षीय पुरुष निकाे भएका छन् । उनलाई आइतबार साँझसम्म डिस्चार्ज गरिने स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताए ।

नेपालमा अहिलेसम्म ३१ जनामा कोरोना संक्रमण देखिएको छ । शनिबार उदयपुरमा थप एक जना ६५ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएकाे थियाे ।

सेती अस्पतालमा निकाे भएका युवकसँगै नेपालमा चार जना काेराेना संक्रमितकाे सफल उपचार भएकाे छ । देवकोटाले उपचाररत काेराेना संक्रमित २७ जनाको स्वास्थ्य पनि सामान्य रहेको बताए । 

शनिबार एकै दिन धाैलागिरि अञ्चल अस्पतालमा उपचार गराएकी ६५ वर्षीया महिला र काठमाडाैंकाे टेकुमा उपचार गराइरहेकी १९ वर्षीय महिला निकाे भएर डिस्चार्ज भएका थिए । देवकाेटाले काठमाडौं उपत्यका बाहिरका अस्पतालमा पनि कोभिड १९ को सफल उपचार हुन सक्छ भन्ने पुष्टि भएकाे बताए ।