चीनमा भवन भत्किँदा मृत्यु हुनेकाे संख्या १७ जना नाघ्याे
खबर एक्सप्रेस
२०७८-०३-३० १२:३६ मा प्रकाशित
Total Shares: 220
काठमाडौं - चीनको सुजो शहरमा एक भवन भत्किँदा १७ जनाको मृत्यु भएको छ । ३६ घण्टासम्म भएको ‘सर्च अपरेसन’ पछि भवनको भग्नावेशमा उद्धारकर्ताले २३ जनालाई भेटेका थिए। जसमा ६ जनामात्रै जीवित रहन सके ।
ग्लोबल टाइम्सका अनुसार भवनका मालिककले भवनको संरचना परिवर्तन गरेकोले घटना घटेको हो। केही वर्षयता उक्त भवनमा पुनर्निर्माणको काम हुँदै आएको थियो ।
३ तलाको भवनमा पछिल्लो समय तला थप्ने काम हुँदै आएको थियो । सरकारी अधिकारीहरुले घटनाको अनुसन्धान भइरहेको र दोषीलाई कारवाही हुने बताएको छ ।
फेसबुक पेज Like गर्नुहोस