३५७ पुग्यो काेराेना संक्रमितको संख्या
खबर एक्सप्रेस
२०७७-०२-०५ ०४:३३ मा प्रकाशित
Total Shares: 670
काठमाडौं - स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा कोरोना ३१ जिल्लामा फैलिएको छ । अहिलेसम्म संक्रमितको संख्या ३५७ पुगेको छ ।
सोमबार मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा बोल्दै प्रवक्ता डा. विकास देवकोटाका अनुसार ३५७ संक्रमितमध्ये २९८ जना पुरुष र ५९ महिला रहेका छन् ।
अहिलेसम्म ३६ जना कोरोनाबाट निको भएर घर फर्किएका छन् ।कोरोना संक्रमणबाट अहिलेसम्म नेपालमा २ जनाको मृत्यू भएको छ ।सोमबार बिहान मात्र ९ जनामा कोरोना संक्रमण भएको पुष्टि भएको थियो।
फेसबुक पेज Like गर्नुहोस