हैटीका राष्ट्रपति मोइसेको घरमै हत्या
खबर एक्सप्रेस
२०७८-०३-२३ ०४:४१ मा प्रकाशित
Total Shares: 812
काठमाडौं - हैटीका राष्ट्रपति जोभेनल मोइसेको हानी हत्या भएको छ । राष्ट्रपति मोइसेको घरमै हत्या भएको बीबीसीले जनाएको छ ।
केही मानिसहरूले राष्ट्रपति मोइसेको निजी निवासमा आक्रमण गरेको प्रधानमन्त्री क्लाउडे जोसेफको कार्यालयले विज्ञप्ति निकालेर जानकारी दिएको छ । हत्या कसले गर्यो भन्ने खुलिसकेको छैन ।
राष्ट्रपति मोइसेकी श्रीमती घाइते भएकी छिन्। मोइसे सन् २०१७ मा हैटीको राष्ट्रपति बनेका थिए ।
फेसबुक पेज Like गर्नुहोस