काठमाडौं - सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्बाट विश्वासको मत लिनै परेपनि आफूहरूका लागि कुनै महाभारत नभएको बताएका छन् ।

मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न बिहीवार आयोजित पत्रकार सम्मेलनमा सञ्चार तथा सूचना प्रविधि मन्त्री समेत रहेका बाँस्कोटाले अहिले सरकार छाडेको दल आउनुअगावै प्रधानमन्त्री निर्वाचित भइसकेकाले संविधानको उक्त प्रावधान आकर्षित हुनेरनहुने कानूनका जानकारहरूले नै निर्क्यौल गर्न सक्ने बताए ।