प्रभु लाइफको सिईओद्धारा पदभार ग्रहण
काठमाडौं - प्रभु लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा नियुक्त भएका सन्तोष प्रसाईंले पदभार ग्रहण गरेको छन ।
सीईओ प्रसाईले बुधबार कम्पनीका अध्यक्ष सुभाष अमात्यबाट सपथ ग्रहण गरेका हुन । समितिले उनलाई जेठ ११ मा इन्स्योरेन्सको सीईओ पदमा नियुक्तिको लागि स्वीकृति दिएको हो ।
कम्पनी सञ्चालक समितिको बैठकले उनलाई गत बैंशाख २२ मा नै इन्स्योरेन्सको सीईओमा नियुक्त गर्ने प्रस्ताव गरेको थियो । जसको स्वीकृतिको लागि बीमा समितिमा पठाइएको थियो ।
बीचमा चुनावको माहोल भएकाले उनले करिब २० दिनपछि बीमा समितिबाट स्वीकृति पाएका हुन । बीमा समितिले अनुमति दिएसँगै कम्पनीको संचालक समितिले जेठ ११ देखि नै लागू हुने गरी उनलाई सीईओमा नियुक्त गरेको छ ।
फेसबुक पेज Like गर्नुहोस