कोभिड–१९ः वडा र विद्यालय तहमा स्वयंसेवक परिचालन
खबर एक्सप्रेस
२०७६-१२-०३ ०३:१७ मा प्रकाशित
Total Shares: 335
काठमाडौं - ‘कोभिड–१९’ को संक्रमणको रोकथाम तथा नियन्त्रणका लागि वडा र विद्यालय तहमा स्वयंसेवक परिचालन गरिने भएको छ ।
संक्रमण भित्रिन नदिन र फैलिन नदिन व्यवस्था मिलाउने सन्दर्भमा स्वास्थ्य तथा जनसंख्या र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलका मन्त्रिस्तरको संयुक्त बैठकले सो निर्णय गरेको हो ।
गत फागुन ३० गतेको उक्त बैठकले रोकथाम र नियन्त्रणका लागि जनचेतना र निगरानीमा सघाउन चिकित्सा शिक्षा आयोगका उपाध्यक्षको संयोजकत्वमा समितिसमेत गठन गरिएको शिक्षा मन्त्रालयले जनाएको छ । स्वयंसेवक परिचालनका लागि सबै स्थानीय तह र शैक्षिक संस्थामा पत्राचार सुरु गरिएको छ ।
ती तहमा स्वयंसेवक टोली गठन गरी परिचालन गर्न निर्देशन दिइएको छ ।
फेसबुक पेज Like गर्नुहोस