काठमाडौं,एजेन्सी - कराेडाैं कमाइका बाबजुद पनि केही यस्ता बलिउडका चर्चित सेलिब्रिटीहरु रहेका छन् जो मुम्बईमा भाडाको घरमा बस्दै आइरहेका छन् ।

बलिउडका चर्चित अभिनेता जुहुमा भाडामा अपार्टमेन्टमा बस्दै आइरहेका छन् । उनले प्रत्येक महिना ८.२५ लाख भाडा तिर्ने मिडिया रिपोर्टमा उल्लेख छ । 

अभिनेत्री ज्याकलिन फर्नानडेज सी भ्यु भएको पाँच बेडरुम अपार्टमेन्टमा बस्दै आइरहेकी छन् । उनले उक्त अपार्टमेन्ट प्रियंका चोपडाबाट भाडामा लिएकी हुन् । उनले मासिक ६.७८ भाडा तिर्दै आइरहेको मिडिया रिपोर्टमा उल्लेख छ । 

चर्चित अभिनेत्री कटरिना कैफसँग पनि घर छैन । उनी कार्टर रोडमा सिल्भर सेड्स अपार्टमेन्टमा बस्दै आइरहेकी छन् । रिपोर्टका अनुसार उनी प्रत्येक महिना १५ लाख भाडा तिर्छिन् । 

अभिनेत्री परिणीति चोपडा मुम्बईमा दुई बेडरुमवाला अपार्टमेन्टमा बस्दै आइरहेकी छन् । 

अभिनेता विधुत् जम्वाल घर किन्नभन्दा भाडामा नै बस्न उचित ठान्छन् । उनले पनि हालसम्म घर किनेका छैनन् ।  त्यसैले उनी भाडामा अपार्टमेन्टमा बस्दै आइरहेका छन् ।