क्वारेन्टाइनमा बसेका एक पुरुषद्वारा आत्महत्या
खबर एक्सप्रेस
२०७७-०३-०३ १२:३९ मा प्रकाशित
Total Shares: 285
काठमाडौं - क्वारेन्टाइनमा बसेका एक पुरुषले गएराति झुन्डिएर आत्महत्या गरेका छन् । अर्घाखाँचीको शीतगंगा नगरपालिका– ५ जलुकेस्थित हरि माविको क्वारेन्टाइनमा बसेका ४५ वर्षीय देवबहादुर विकले झुन्डिएर आत्महत्या गरेका हुन् ।
२५ दिनअघि भारतबाट आएर क्वारेन्टाइनमा बसेका उनको आरडिटी पोजेटिभ आएको थियो । उनको पिसिआर परीक्षणका लागि स्वाब पठाइए पनि रिपोर्ट आउन बाँकी छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस