काठमाडौं - गोरखाको बुढीगण्डकी नदीमा आएको बाढीको कारण पत्ता लगाउन ड्रोनसहित भूगर्भविद्को टोली परिचालन गरिएको छ।
बाढीले पाँच जना बेपत्ता बनाउनुका साथै घर, पुल, जलविद्युत् आयोजनाका संरचना र अन्य भौतिक पूर्वाधारमा ठूलो क्षति पुर्याएको छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बाढीको कारण अध्ययन गर्न तीन सदस्यीय भूगर्भविद्को टोली खटाइएको हो।
सडक सञ्चालन र बेलिब्रिज निर्माणको सम्भाव्यता अध्ययन गर्न सडक विभाग तथा स्थानीय पूर्वाधार विकास विभागका महानिर्देशकसहितको टोली पनि परिचालन गरिएको छ।
प्राधिकरणले आइतबार बिहान ६ बजे बाढीको सूचना प्राप्त गरेपछि गोरखा, धादिङ, तनहुँ, चितवन, नवलपरासी पूर्व र नवलपरासी पश्चिमका २२१ जना प्रतिकार्यकर्तालाई तत्काल परिचालन गरेको जनाएको छ।
जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रबाट प्राप्त सूचना सर्वसाधारणसम्म पुर्याउन एसएमएसमार्फत पूर्वसूचना पनि जारी गरिएको थियो।

.gif)


