काठमाडौं-निर्वाचन आयोग र राजनीतिक दलहरूबिचको छलफल सुरु भएको छ ।

बिहीबार निर्वाचन आयोगमा राजनीतिक दलहरूसँग निर्वाचन आयोगले छलफल गरेको हो ।

अन्तरिम सरकारले आगामी फागुन २१ गतेका लागि प्रतिनिधि सभा सदस्यको निर्वाचनको मिति तोकेको छ ।

आगामी २१ फागुनमा हुने निर्वाचनको तयारी र आचारसंहिताबारे दलहरुसँग छलफल भइरहेको आयोगले जनाएको छ ।

राजनीतिक दलहरुसँगको छलफलमा प्रमुख कार्यवाहक निर्वाचन आयुक्त रामप्रसाद भण्डारी, डा.जानकीकुमारी तुलाधर, सगुन शमशेर ज।ब।रा र राजनीतिक दलहरूको तर्फबाट नेपाली काँग्रेसबाट पुष्पा भुसाल, नेकपा एमालेबाट खगराज अधिकारी, नेपाली कम्युनिष्ट पार्टीबाट लिलामणि पोखरेल लगायतका नेताहरूको सहभागिता छ ।

यसअघि पनि आगामी निर्वाचनको तयारीबारे राजनीतिक दलहरूसँग आयोगले छलफल गरेको थियो ।