काठमाडौ - लुम्बिनी विकास बैंक लिमिटेडले विभिन्न ठाउँमा रहेका ग्राहकलाई बैंकिङ सेवा पुर्‍याउने उद्देश्यले आइतवारदेखि थप पाँच ओटा शाखाहरु सञ्चालनमा ल्याएको छ।

कम्पनीले आइतवारबाट काठमाडौं महानगरपालिका–६ नयाँबानेश्वर चोकमा ७३ औ शाखा, रुपन्देही जिल्लाको तिलोत्तमा नगरपालिका–५  मणिग्राममा ७४ औं शाखा, नवलपरासी जिल्लाको बर्दघाट नगरपालिका–४ बर्दघाटमा ७५ औं शाखा, दाङ जिल्लाको घोराही उपमहानगरपालिका–१५ बीपीचोकमा ७६ औं शाखा र बाँके जिल्लाको कोहलपुर नगरपालिका–११ साझाचोकमा ७७ औं शाखा सञ्चालनमा ल्याएको हो।

नयाँ बानेश्वर शाखाको उद्घाटन कम्पनीका सञ्चालकहरु चिन्तामणि भट्टराई र अञ्जु कुमारी गुप्ताले सयुंक्त रुपमा गरेका छन् । 

बर्दघाट शाखाको उद्घाटन बर्दघाट नगरपालिकाकी उपप्रमुख मायादेवी पौडेल र बैंकका सञ्चालक केशव खतिवडाले सयुंक्त रुपमा गरेका छन्। मणिग्राम शाखाको उद्घाटन तिलोत्तमा नगरपालिकाका प्रमुख वासुदेव घिमिरे र उक्त कम्पनीका प्रमुख कार्यकारी अधिकृत नरेशसिहं बोहराले सयुंक्त रुपमा गरेका छन्। 

घोराही शाखाको उद्घाटन घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरी, दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष टंकसिंह बुढाथोकी र कम्पनीका सञ्चालकहरु प्रतापकुमार आचार्य तथा रामचन्द्र सिग्देलले सयुंक्त रुपमा गरेका छन्।

यसैगरी कोहलपुर शाखाको उद्घाटन कोहलपुर नगरपालिकाका प्रमुख लुटबहादुर रावत र कम्पनीका सञ्चालक समितिका अध्यक्ष दसरथ रिसालले सयुंक्त रुपमा गरेका छन्।  हाल कम्पनीले सात ओटै प्रदेशमा ७७ ओटा शाखामार्फत बैंकिङ सेवा दिइरहेको बताएको छ ।