जुलुस गर्न हामीसँग पैसा छैन : देउवा
काठमाडौं - नेपाली कांग्रेका सभापति शेरबहादुर देउवाले संसद विघटनको मुद्दा अदालतमा विचाराधीन रहेको भन्दै उनले अदालतलाई यसो गर उसो गर भन्न नमिल्ने बताएका छन् ।
बिहीबार नेपाल मगर संघको गण्डकी प्रदेश सम्मेलनलाई सम्बोधन गर्दै देउवाले भने, ‘अहिलेको बेला मेरो भनाइ अदालतलाई यसो गर उसो गर भन्न पाइँदा पनि पाइँदैन। अदालतले पुनर्स्थापना गर्छ स्वीकार गर्छु, चुनाव गरोस् स्वीकार गर्छु। त्यसको अर्थ अदालतलाई मान्छु। त्यसकारण अदालतको निर्णय पर्खौं, अदालतले जे भन्छ त्यही स्वीकार गर्छौं ।’
उनले जुलुस नगर्ने पनि स्पष्ट पारे । जुलुसकै आधारमा फैसला गर्ने हो भने न्यायालय किन चाहियो ? भनेर उनले प्रश्नसमेत गरेका छन्।
‘सडकमा जुलुस ल्याएर न्याय पाइँदैन, हामीसित पैसा पनि छैन। ठाउँ/ठाउँमा जुलुस पुर्याउन पनि सक्दैन। जुलुसकै आधारमा फैसला गर्ने हो भने न्यायालय किन चाहियो ? जुलुसमा कति मान्छे आए भनेर हुन्छ ? त्यत्रो जुलुस ल्याउन हामीसित पैसा पनि छैन,’ देउवाले भने।
हठात प्रतिनिधिसभा विघटन गरेर प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई ध्रुविकरणमा लगेको देउवाको भनाई छ ।
फेसबुक पेज Like गर्नुहोस