मन्त्रिपरिषदको बैठक जारी, विप्लव समूह माथिको प्रतिबन्ध फुकुवा गर्ने तयारी
खबर एक्सप्रेस
२०७७-११-११ १२:२९ मा प्रकाशित
Total Shares: 313
काठमाडौं - मन्त्रिपरिषदको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको छ । केहीबेर ढिला गरी बैठक बसेको हो ।
आजको बैठकले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीमाथि लगाइएको प्रतिबन्धमा निर्णय गर्न सक्ने स्रोतले बताएको छ । गत शनिबार महासचिव विप्लव आफैले विज्ञप्ति जारी गरेर प्रतिबन्ध हटाए सरकारसँग वार्ताका लागि सकारात्मक रहेको बताएका थिए ।
त्यसपछि सरकारले जारी प्रतिबन्ध हटाउने तयारी गरेको छ । सुरक्षा तथा स्थायित्वमा असर पार्ने गतिविधि गरेको भन्दै सरकारले विप्लव समूहमाथि २०७५ फागुन २८ मा प्रतिबन्ध लगाएको थियो ।
मन्त्रिपरिषदको बैठकअघि राष्ट्रिय सुरक्षा परिषदको बैठक बसेको थियो ।
फेसबुक पेज Like गर्नुहोस