काठमाडौं - प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा ३५ सदस्यीय प्रतिनिधिमण्डल भारतको राजधानी नयाँ दिल्ली पुगेको छ ।

शाहलाई नयाँ दिल्लीस्थित इन्दिरा गान्धी विमानस्थलमा भारतका उद्योग राज्यमन्त्री जितिन प्रसादले स्वागत गरे ।

प्रधानमन्त्रीको स्वागतमा विमानस्थल बाहिर सांस्कृतिक झाँकीसमेत प्रदर्शन गरिएको थियो ।