देउवाले प्रधानमन्त्री ओलीलाई गराए तीन विषयमा ध्यानाकर्षण
काठमाडौं - नेपाली कांगेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई तीन विषयमा ध्यानाकर्षण गराएका छन् । सोमबार दिउँसो बालुवाटार पुगेका देउवाले विभिन्न विषयमा ध्यानाकर्षण गराएका हुन् ।
भेटमा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' र कांग्रेस केन्द्रीय सदस्य रमेश लेखक पनि सहभागि थिए ।
देउवाले सिन्धुपाल्चोकको जुगल गाउँपालिकाको लिदिमा सरकारले गम्भिर गल्ति गरेको कारण ठुलो संख्यामा पहिरोबाट ज्यान गुमाएको बताएका छन् । देशको विभिन्न स्थानमा बाढी पहिरोको वितण्डा मच्चिरहेको बेला सरकारलाई ब्यवस्थित र प्रभावकारी ढंगले कार्य गर्न ध्यानाकर्षण गराइएको कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तीमा भनिएको छ ।
भेटमा देउवाले कोरोना महामारीको बढ्दो चुनौती सामना गर्नसक्ने सहि ढंगले कार्य गर्न सरकार असमर्थ देखिएकोले कमजोरीको समिक्षा गरेर नयाँ रणनीति निर्माण गर्न र कामको गति बढाउन सरकारको ध्यानाकर्षण गराएका छन् । यस्तै, त्रिभुवन विश्वविद्यालय निश्चित विधि र संस्कृतिले चलाउने भन्दा क्षमता र राजनैतिक पुर्वाग्रह बढी देखिएको भन्दै प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छन् ।
प्रजातन्त्रवादी प्राध्यापक संघको सभापति लगायतलाई मुद्दा लगाउने, राखिएका जायज मागहरुको सुनुवाइ नगर्ने, किर्तिपुर देखि ठाकुरराम क्याम्पस सम्मका विद्यार्थीलाई थुनामा राख्ने अनि विविध माग राखेर २६ दिन देखि पोखरा विश्वविद्यालयमा अनशनमा बसेका नेविसंघका विद्यार्थीहरुसँग संवाद समेत नगर्ने यस्तो बलमिच्याई प्रवृत्ति प्राज्ञिक थलो सुहाउँदो नभएको देउवाको भनाई छ ।


.gif)



फेसबुक पेज Like गर्नुहोस