महामारीको अवस्थाले हामीलाई चिन्तित बनाएको छः पूर्वराजा दम्पती
काठमाडौं - पूर्वराजा दम्पतीले आफूहरुहरुलाई कोरोना महामारीको अवस्थाले चिन्तित बनाएको बताएका छन् । पूर्व राजा ज्ञानेन्द्र शाहले पूर्वरानी कोमल राज्यलक्ष्मीदेवीसँगै बसेर सार्वजनिक गरेको भिडियोमा आफूहरुलाई महामारीको अवस्थाले चिन्तित बनाएको बताएका हुन् ।
भिडियोमा आफूहरुको स्वास्थ्यलाई लिएर चासो र चिन्ता व्यक्त गर्दै स्वास्थ्य लाभको कामना गर्ने सबैमा आभार व्यक्त गरेका छन् । सन्देशमा पूर्व राजा शाहले आफूहरुको स्वास्थ्यलाई लिएर चासो व्यक्त गर्ने देश भित्र र बाहिर रहेका सबै नेपालीप्रति आभार व्यक्त गरेका हुन् । ‘हामी दुवै पूर्ण स्वास्थ्य लाभको प्रक्रियामा छौँ । तर देश भित्र र बाहिर महामारीको अवस्थाले हामीलाई चिन्तित बनाएको छ । यो महामारीसँग जुध्नका लागि हाम्रो आन्तरिक पहल र बाह्य सहयोगको खाँचो छ,’ सन्देशमा भनिएको छ ।
त्यस्तै, सन्देशमा अग्रपंक्तिमा रहेर महामारीविरुद्ध दिनरात खटिरहेकाहरुलाई धन्यवाद भनेका छन् । अग्रपंक्तिमा रहेर काम गर्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सफाइकर्मी तथा सामाजिक कार्यकर्तालाई उनीहरुले धन्यवाद दिएका छन् ।
हाल संक्रमण भइ उपचारको क्रममा रहेकाहरुको शीघ्र स्वास्थ्य लाभको कामनासँगै कोभिड–१९ का कारण निधन भएकाहरुको चीरशान्ति र उनीहरुको परिवारजनमा धैर्यधारणको शक्ति दिन पशुपतिनाथसँग प्राथना गरेका छन् । प्राप्त सहयोगको लागि उनले अन्तर्राष्ट्रिय जगतलाई पनि धन्यवाद दिएका छन्।

.gif)



फेसबुक पेज Like गर्नुहोस