सप्तकोसीमा पानीको बहाव बढ्दो : २८ ढोका खोलिए
खबर एक्सप्रेस
२०८२-०४-२६ ०७:५७ मा प्रकाशित
Total Shares: 94
सुनसरी - लगातारको वर्षापछि सप्तकोसी नदीमा पानीको बहाव बढेको छ ।
सशस्त्र प्रहरी बल नेपाल नम्बर ४ हेडक्वाटरका सशस्त्र प्रहरी उपरीक्षक निर्मलकुमार थापाका अनुसार, शनिबार राति ९ः०० बजे गरिएको मापनमा कोसी ब्यारेजमा पानीको बहाव प्रतिसेकेन्ड दुई लाख ४३० क्युसेक पुगेको छ ।
मापन केन्द्रका अनुसार, कोसी ब्यारेजका ५६ मध्ये हाल २८ ढोका खोलिएका छन् । कोसी ब्यारेज हुँदै पानीको बहाव प्रतिसेकेन्ड एक लाख ५० हजार क्युसेक नाघेपछि खतराको संकेतस्वरूप रातो बत्ती बाल्ने गरिन्छ ।
सोहीअनुसार रातो बत्ती बालिएको कन्ट्रोल रुमले जनाएको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस