काठमाडौं - राष्ट्रिय योजना आयोगले आगामी २५ वर्षमा नेपालीको प्रतिव्यक्ति आय १२ हजार एक सय डलर पु¥याउने लक्ष्य लिएको छ । प्रधानमन्त्री तथा राष्ट्रिय योजना आयोगका अध्यक्ष केपी ओलीको अध्यक्षतामा बसेको आयोगको पूर्ण बैठकले १५औं योजनाको विस्तृत दस्तावेज पारित गर्दै यस्तो लक्ष्य लिएको हो ।

अहिले प्रतिव्यक्ति आय १ हजार ४७ अमेरिकी डलर छ । आगामी ५ वर्षमा औसातमा १ हजार ५ सय ८५ डलर पु¥याउने १५औं योजनाको लक्ष्य छ । त्यस्तै आर्थिक वृद्धिदर पनि औसतमा ९.६ प्रतिशतले बढाउने लक्ष्य छ ।

तर यो वर्ष आर्थिक वृद्धिदर घट्ने अन्तर्राष्ट्रिय मुद्रा कोषले प्रक्षेपण गरेको छ । नेपालमा अहिले १८.७० प्रतिशत गरिबी रहेको र त्यसलाई सिङगल डिजीट (९९प्रतिशतको हाराहारीमा)मा झार्ने समेत आयोगको १५ योजनाको लक्ष्य छ ।

यस्तै आगामी ५ वर्षमा साक्षरता दर ९९ प्रतिशतमा झार्ने उल्लेख छ । अहिले ७० प्रतिशतको हाराहारीमा छ । अहिले पनि कुनै जिल्लामा ९९ प्रतिशत नै रहेको छ । आयोगको बैठकले यसअघि कार्यान्वयनमा ल्याइएका २२ वटा राष्ट्रिय गौरवका आयोजना, १८ वटा रुपान्तरणकारी आयोजना, नयाँ ठूला आयोजना १ सय ६६ वटा हुने र पहिलेका आयोजनामा राष्ट्रिय प्राथमिकता प्राप्त आयोजना पनि समेटिएका छन् ।